न्यायाधीश गिरीकी पत्नीद्वारा आत्मदाह : वीर अस्पतालमा उपचार हुँदै

मिति: २०२४-०१-१४ , समय : १५:२२:१९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले सर्वोच्च अदालतपरिसरमा आत्मदाहको प्रयास गरेकी छिन्।

वैवाहिक बलात्कार मुद्दामा आरोपित गिरीलाई थुनामा राखी कानुनी कारबाही गर्न माग गर्दै आरतीले आइतबार दिउँसो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्।

आरतीलाई तत्काल नियन्त्रणमा लिई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको थियो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको आरोप छ। उनीमाथि कारबाहीकाे माग राखी आरतीले विरोध प्रदर्शन गर्दै आएकी छिन्।

प्रकाशित मिति: २०२४-०१-१४ , समय : १५:२२:१९ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्